एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान « Khabarhub

एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा बढी विद्यार्थीले दान गरेका हुन् ।

विद्यार्थीले आआफ्नो गच्छेअनुसार भेटी, बिस्कुट, चामल, फलफूललगायतका दान गरेका थिए । मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो । दान लिनका लागि त्यहाँका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कुल पुगेका थिए ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । २०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो ।

दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नगर्नु, झुटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि बिस्कुट दान गरेको बताए ।

कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुसी लागेको बताइन । स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : ४१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको