भारतको आसाममा ५ सय बाढी पीडित परिवार रेलको ट्रयाकमा बस्न बाध्य « Khabarhub

भारतको आसाममा ५ सय बाढी पीडित परिवार रेलको ट्रयाकमा बस्न बाध्य


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आसाम राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको ट्रयाकमा बस्न बाध्य भएका छन् ।

बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाका गाउँका मानिसहरू ट्रयाकमा बस्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको भारतको वान इण्डिया अनलाइन समाचार पोर्टलले जनाएको छ ।

बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरु विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् ।

बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट अरु हजारौँ मानिस विस्थापित छन् ।

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएको जनाइएको छ ।। बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ४६ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा