महोत्तरीमा खुम्चियो माओवादी, जितेका पालिका गुमायो « Khabarhub

महोत्तरीमा खुम्चियो माओवादी, जितेका पालिका गुमायो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्र महोत्तरीमा खुम्चिएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो । कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन् । तर माओवादी केन्द्रले भने पार्टीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको दाबी गरेको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका पार्टीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकार गर्छन् । उनी भन्छन्, “हामीले हामी भित्रै मिलाउन सकेनौं, जसको परिणाम आज भोग्दै छौं । तर, यसबाट केही सिकेका छौं” यतिवेला माओवादी पराजित हुँदा सबैभन्दा बढी खुसी नेकपा एमाले र नेपाली काङ्ग्रेस छन् । लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धि ठानेका छन् ।

शीर्ष नेता गिरिराजमणि पोखरेल पनि महोत्तरी कै जनप्रतिनिधि हुन् । अझ पोखरेलको वडाबाट नै माओवादी केन्द्रले पराजय बेहोर्नुपर्‍यो । “माओवादीहरूले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौु’ नेकपा एमालेका स्थानीय नेता दिलीप थापाले भने ।”

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले बर्दिबास सहित गौशाला नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिकामा जित हासिल गरेको थियो । अहिलेसम्मको मतपरिणामअनुसार तिनै पालिकामा माओवादी केन्द्रले गुमाइसकेको छ । माओवादी केन्द्र बर्दिबास जस्तो लाल किल्लाबाट नै किन पराजित भयो भन्ने विषयमा पार्टीभित्र समीक्षा र बहस हुन थालेको छ। निर्वाचनमा किन लज्जास्पद हार बेहोर्नु पर्‍यो भन्ने विषयमा नेताहरूको आफ्नै आंकलन छन् ।

माओवादी भित्र अहिले जिल्लामा दुई धार छ । पूर्व जनमोर्चाका एकातिर छन् भने संस्थापन पक्ष अर्कोतिर छ । टिकट वाँडफाँडमा समेत महोत्तरीमा यी दुई धारबीच निक्कै संघर्ष चल्यो । अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्व जनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ ।

जनमोर्चा धारका समूहहरू अझै नेता गिरिराजमणि पोखरेललाई स्थापित बनाउन चाहन्छन् तर अर्को पक्षले भने पोखरेललाई अब स्वीकार गर्न नसकिने बत्ताउँदै आएको छ । यदि बर्दिबास नगरपालिकामा राजु खडकाले जितेको भए नेता पोखरेललाई विस्थापन गरेर प्रचण्डको उदय हुने आंकलन गरिएको थियो । तर लगातार २०६४ देखि नै जित्दै आएका पोखरेललाई पार्टीभित्रैका केही नेताहरू हटाउन लागिपरिरहेको स्रोतको भनाइ छ

तर स्थानीय तहको निर्वाचनले सबैको आंकलनलाई ठिक विपरीत बनाइदिएको छ । रणनीतिअनुसार काम नभएपछि बरु महोत्तरीबाट माओवादी खुम्चिएको छ । एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाहरूको साख बचाउन नसक्नुमा गिरिराजमणि पोखरेलको नै हात रहेको पार्टीभित्रैबाट आशंका बढेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : ०२ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा