मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- 'पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ' | Khabarhub Khabarhub

मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- ‘पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ‘


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरज्यूको भाकेर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

नेपाली कांग्रेबाट विजयी भएका नगर प्रमुख भामले मष्टो र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने भनेर घण्ट छोएर कसम खाएका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफ्नो यो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए ।

उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम पनि खाएका थिए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख भाम भावुक पनि देखिएका थिए ।

पारिश्रमिक नलिने 

जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधा उनले नलिने पनि घोषणा गरेका छन् । उनले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष पदमा हुँदा कुनै पनि सेवा सुविधा लिएका थिएनन् ।

नगर प्रमुखले पाउने पाँच वर्षको पारिश्रमिक  बजेटबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

नगरका सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ४२ बजे

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन