एन्फा अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी नेपाल नफर्किने संकेत « Khabarhub

एन्फा अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी नेपाल नफर्किने संकेत


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन्।

सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै अलमुताइरीले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन्।

सोमबार नेम्बाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन्। गत वर्ष साउनमा अलमुतारइरीले नेम्बाङको कारण आफूले राजीनामा घोषणा गरेका थिए। उनले सामाजिक सञ्चालबाट राजीनामा घोषणा गरे पनि राजीनामा भने दिएका थिएनन्।

प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद छ। प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट १० खेलाडीले वैशाख १० गते प्रशिक्षण नै छोडेका थिए।

आफ्नो पक्षमा बोल्ने व्यक्ति अध्यक्ष पदमा पराजित भएपछिएएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका हुन्।

उनले उक्त पोस्ट भने केही समयपछि नै सामाजिक सञ्जालबाट हटाएका छन्।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : १९ बजे

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा