किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने « Khabarhub

किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – किराँत-राई खेलकुद संघ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ । किराँत-राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा असार २१ र २२ गते दिक्तेलमा संघको तेस्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

किराँत-राई खेलकुद संघ जिल्ला कार्य समितिले पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा-रैछाकुले) भूमि खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

१३ औं सागमा पदक जित्ने २९ किराँती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किराँत राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : १९ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय