उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप जारी, थप २६ जनाको मृत्यु « Khabarhub

उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप जारी, थप २६ जनाको मृत्यु


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपूर्वी भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा पनि लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् ।

भारतका उत्तरपूर्वी राज्यहरु एवम् बङ्गलादेशमा भारी वर्षा एवम् आँधीबाट नियमित जसो बाढी आउने गरेको बताइन्छ । भारतको आसाम राज्यमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिइन् । आसाम लगातार बाढीको चपेटामा परेको छ ।

राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू पानीको बढ्दो स्तरले डुबानमा परेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । यो सिजनमा आसाम पहिलो पटक गत अप्रिलमा बाढीबाट प्रभावित भएको थियो । हाल पुनः अविरल वर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।

छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ । मनसुनले बङ्गलादेशमा पनि विनाशकारी बाढी उत्पन्न भएको छ ।

यसका कारण लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको जनाइएको छ । बाढीको पानी सिल्हेट क्षेत्रको उत्तरपूर्वी जिल्लाबाट विस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि अलपत्र परेको त्यहाँका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताएका छन् ।

आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट रहेको बताइएको छ । अलपत्र परेका धेरै मानिसहरु घर फर्कन अझै आनाकानी गरिरहेको र अरु धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएको हुसेनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए ।

जमालपुर जिल्लामा एकज ना आठ वर्षीया बालिकालाई बाढीले घरकै आँगनबाट बगाएको र उनी पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई जानकारी दिए ।

दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहेको र यसले बन्दरगाह सहरलाई जलमग्न बनाएको एवम् पहिरोको जोखिम बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ५८ बजे

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको