कमब्याकमा फ्लप शिल्पा  « Khabarhub

कमब्याकमा फ्लप शिल्पा 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै समय बलिउडमा हिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा शेट्टीको समय ठीकठाक छैन । टेलिभिजन शोमा जजको कुर्सीमा बसेर ‘सुपर से उपर’ भन्दै प्रतिस्पर्धीको तारिफ गर्ने शैलीले शिल्पालाई दर्शकसँग बिरानो हुन दिएको थिएन । यति मात्र होइन कि उनले यही काम गरि-गरिकन नयाँ फ्यान बनाएको पनि अनुमान गर्न सकिन्थ्यो ।

तर टेलिभिजनमा उनलाई देखेर दंग पर्ने दर्शक हलमा जाने कष्ट भने गरेनन् । एउटा मात्र होइन, दुईदुई फिल्ममा शिल्पाले यो नियति भोग्नुपर्‍यो । अन्ततः बलिउडका अधिकांश अभिनेत्रीको झैँ उनको पनि कबब्याक बिर्सनलायक रह्यो । हंगामा २ पश्चात निकम्मा नामक फिल्ममा अभिनय गरेकी उनी असफल रहिन् । रियालिटी शोमा पाउने प्रशंसाले फिल्ममा उदाएकी शिल्पालाई दर्शकले ‘फ्री’ मै हेर्न चाहेको संकेत गरेका छन् ।

हिट फिल्म ‘हंगामा’ को सिक्वेल अघिल्लो वर्षको जुलाई अन्तिममा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा ५ करोडको पनि व्यापार गर्न सकेको थिएन । ३० करोड लगानी भएको फिल्म हल रिलिजमा फ्लप मानिएको थियो । लगभग एक वर्षपछि पर्दामा फर्किएकी शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रर्दशनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ । 

रियालिटी शोमा पुग्ने बलिउडकर्मी र दर्शकले दिने प्रतिक्रियाले हौसिएकी शिल्पा पुनः सानो पर्दामै क्रियाशील हुने संकेत देखिएको छ । उनी ठुलो पर्दामा पाइरहेको असफलताले बलिउड यात्रा बाँकी रहेको संकेत गर्दैन ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका