योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले « Khabarhub

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिकरूपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मस्तिष्कको सन्तुलन नै योग भएको बताए । उनले भने, ‘आम नागरिक निरोगी बन्न तथा मन र मस्तिष्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।’

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रूपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताए । सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उनले जानकारी गराए । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले बताए । स्वस्थ, स्वास्थ्य तथा सन्तुलित सम्बन्धले व्यक्ति मात्र नभई समुदायमा समेत स्वच्छता र सहिष्णुता प्रवर्द्धन गर्ने भएकाले आम नागरिकले योग गर्न आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो ।

उनले थप भने, ‘हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ ।’ अन्तर्राष्ट्रिय मूल समारोह समितिका उपसंयोजकसमेत रहेका मन्त्री आलेले योगलाई अध्ययन र सिकाइको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गरे ।

 

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०७ बजे

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन