गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सहभागी « Khabarhub

गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सहभागी


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सहभागी भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा गृहमन्त्री खाँण सरिक भई योग अभ्यास गरे ।

‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको हो ।

माननीय गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको विकासको गति सँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरू मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन ऊर्जा समेत प्रदान गर्ने बताए।

योग कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरू, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता वैद्य, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत,अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २६ बजे

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज