गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सहभागी « Khabarhub

गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सहभागी


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सहभागी भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा गृहमन्त्री खाँण सरिक भई योग अभ्यास गरे ।

‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको हो ।

माननीय गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको विकासको गति सँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरू मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन ऊर्जा समेत प्रदान गर्ने बताए।

योग कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरू, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता वैद्य, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत,अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २६ बजे

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले