ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित : मुख्यमन्त्री राउत « Khabarhub

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित : मुख्यमन्त्री राउत


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९)  विरूद्धको खोपबाट वञ्चित भएको बताएका छन् । 

मुख्यमन्त्री राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताए । अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजिकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा  व्यक्त  गरेका हुन् । 

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामको प्रशंसा गरे । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ । बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए ।

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले  हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरु गरिएको बताएका छन् । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : २४ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही