रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन « Khabarhub

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपराह्न आयोग पुगेर निवेदन दिएका हुन् ।

निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अङ्गीकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ०७ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने