‘डन ३’ बन्ने चर्चा  « Khabarhub

‘डन ३’ बन्ने चर्चा 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको अभिनय रहने भनिएको फिल्म  ‘डन ३’ को स्क्रिप्टको काम अगाडी बढेको छ । केही  समय यता एक्सेल इन्टरटेनमेन्टसँग शाहरुखको सम्बन्ध हार्दिक नहुँदा काम रोकिएको थियो । शाहरुख अभिनीत फिल्म ‘जिरो’ सँग एक्सेलले ‘केजीएफ’ प्रदर्शनमा ल्याएको थियो । ‘डन’ सिरिजका निर्देशक फरहान अख्तर समेत रहेको कम्पनीले शाहरुखको फिल्मलाई अप्ठ्यारोमा परेपछि सम्बन्ध केही चिसिएको थियो । 

यद्यपि पछिल्लो समय यी दुईको सम्बन्ध सुधार भइसकेको छ । यसैले गर्दा डनको तेस्रो सिरिजको काम अगाडि बढेको छ । फिल्मको स्क्रिप्टको काम अगाडि बढेको छ । केही आइडियामा फरहानले शाहरुखसँग सहमति लिएका छन् । फरहान आफ्नो टिमसँग त्यसलाई स्क्रिन प्लेमा ल्याउँदैछन् । स्क्रिन प्ले तयार भएपछि फरहानले शाहरुखलाई सुनाएर आउने प्रतिक्रिया पश्चात मात्र ‘डन ३’ को विषयमा घोषणा गरिने भारतीय मिडियामा उल्लेख छ ।

डन र डनको सिक्वेलको सफलता पश्चात यसको तेस्रो सिरिजको पर्खाइमा दर्शक छन् । फिल्ममा यसपटक अमिताभ बच्चनलाई पनि कास्ट गर्ने तयारीमा निर्देशक फरहान रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ०८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका