निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण « Khabarhub

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै भने, “वर्षौँदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।”

उनले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरू प्रस्तुत गरेको र त्यसका लागि विभागीय मन्त्रालयदेखि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रीलाई पनि भेटी कुरा राखेको तर एउटामा बजेट विनियोजन नभएको संसद्समक्ष जानकारी गराए। सांसद थममाया थापाले ललितपुरमा एक बालिका बलात्कारको घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्नुपर्ने माग गरे।

सांसद मीनबहादुर विश्वकर्माले शेयर बजारले वित्तीय क्षेत्रलाई अप्ठ्यारो अवस्था आएको हुनाले सरकारले ५० लाख व्यवसायी आबद्ध भएको उक्त शेयर बजारप्रति ध्यान दिएर आमरण अनशनमा बसेको व्यक्तिको जीवन बचाउन सरकारसँग आग्रह गरे।

सांसद यज्ञबहादुर बोगटी र रेखाकुमारीले देशका विभिन्न भागमा हत्या, हिंसाको घटना भइरहेकाले सरकारले शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : १४ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री