इण्डो-पाकको विषयमा ‘साम बहादुर’ बन्ने « Khabarhub

इण्डो-पाकको विषयमा ‘साम बहादुर’ बन्ने


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९७१ को भारत-पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘साम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलले शिर्ष भूमिका निर्वाह गर्नेछन् । तलवार, राजी, छपाक जस्ता फिल्म निर्देशन गरेकी मेघनाले इण्डो-पाकको घटनालाई पुनः पर्दामा ल्याउने तयारी गरिरहेकी छिन् । 

यसअगाडि ‘राजी’ मा काम गर्दा नै विक्कीको कामसँग प्रभावित बनेकी मेघनाले त्यही अनुरूप कास्टिङ गरेकी हुन् । गोर्खा सैनिकमाझ चर्चित सामलाई सन् १९७२ मा नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले उनलाई त्रिशक्ति पट्ट पदक सम्मान समेत प्रदान गरेका थिए । फिल्ममा फातिमा सना शेख र सान्या मलहोत्राको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब