डलर भन्दै कागजका टुक्रा दिएर रु आठ लाख ठगी गर्ने एक पक्राउ « Khabarhub

डलर भन्दै कागजका टुक्रा दिएर रु आठ लाख ठगी गर्ने एक पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोसीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो । “श्रेष्ठले पीडितसँग डलर भन्दै प्लास्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,”– उनले भने।

पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ३७ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक