भदौबाट ‘ग्रहण’ छायांकनको तयारीमा « Khabarhub

भदौबाट ‘ग्रहण’ छायांकनको तयारीमा


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन भदौबाट हुने भएको छ । घोषणाको समयमा मेलाई छायांकन डेट टार्गेट गरिएता पनि वर्षायाम भएकाले भदौबाट छायांकन सुरु गर्ने फिल्मका प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले बताए । उनले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको जानकारी दिँदै निर्धारित समयमा नै छायांकन हुने बताए । 

‘हामीले फिल्म घोषणाको समयमा भनेको डेट कन्फर्म नभई टार्गेट थियो । मौसम बिग्रिने, वर्षा हुने समस्याको कारण हामीले भदौबाट छायांकन गर्ने तयारी थालेका छौँ’ उनले भने । रेग्मीको अनुसार फिल्मको छायांकन भदौको पहिलो साताबाट हुनेछ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार फाइनल भइसकेका छन् । अन्य कलाकार र टिमको विषयमा केही समय पश्चात निर्माण टिमले जानकारी दिनेछ । फिल्मको छायांकन उपत्यकामा १५ दिन र सिक्किमको विभिन्न स्थानमा २० दिने गर्ने प्रारम्भिक सेड्युल छ । 

छायांकन गर्दै जाँदा यसमा परिवर्तन आउन सक्ने रेग्मीले बताए । यसै फिल्म मार्फत राजीव गुरुङले निर्देशनमा डेब्यु गर्दैछन् । सिक्किममै फिल्म छायांकन गर्न नम्रताले नै निर्देशक गुरुङलाई सुझाव दिएकी थिइन् । ‘मैले सोल सिस्टर्सको छायांकन गर्दा नै यहाँ धेरै लोकेशन हेरेकी थिएँ । केही लोकेशनमा छायांकन भयो र केहीमा बाँकी थियो । फिल्मको कथा मिल्ने भएकाले सिक्किम सजेस्ट गरेकी हुँ’ नम्रताले भनिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसको लागि उनले केही समय प्रशिक्षण समेत लिएकी थिइन् ।

‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकी मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् । फिल्मको कथा लेख्दा नै नम्रतालाई उक्त क्यारेक्टरमा देखेको निर्देशक गुरुङले बताए । ‘मैंले क्यारेक्टर तयार गरेपछि नम्रताजीलाई पाए र अफर गरेको हुँ । त्यस्तै अर्को क्यारेक्टरमा विनयजी फिट हुनु भो’ निर्देशक गुरुङले भने । अमेरिकाबाट फिल्म सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रिलर र ड्रामा जनरामा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ ।

निर्देशक गुरुङको फिल्म प्रतिको लगाव देखेर नै विनय श्रेष्ठले आफू कलाकारसँगै कार्यकारी निर्माताको रुपमा समेत जोडिएको बताए । ‘राजीव जीको फिल्म प्रतिको लगावले सँगै सहकार्य गर्न प्रेरित गर्‍यो’ उनले थपे ,’फिल्ममै केही गर्छु भन्नेलाई हामीले सहकार्य गरेर सघाउने हो ।’ नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् ।

निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ५० बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी