रग्बी शृंखला: नेपाल दुवै खेलमा पराजित « Khabarhub

रग्बी शृंखला: नेपाल दुवै खेलमा पराजित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बंगवन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो ।

बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्‍याउने) बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए ।

दोस्रो खेल नेपाल १९–० ले पछि पर्‍यो । पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।

उनले खेलमा पराजय भोगेपनि खेलाडीहरुले राम्रो मेहनत गरेको बताए । क्षेत्रीले भने– ‘काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।’

नेपालले भोलि बुधबार रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

चार खेलाडीको डेब्यु

चार खेलाडीहरुले रग्बी ७ मा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् ।

पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ३९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४