कुकुरले टोक्दा एक महिला गम्भीर घाइते, थप उपचारका लागि नेपालगञ्ज लगियो « Khabarhub

कुकुरले टोक्दा एक महिला गम्भीर घाइते, थप उपचारका लागि नेपालगञ्ज लगियो


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए ।

उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको उनले बताए । कुकुरले टोकेर घाइते भएकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

कुकुरको टोकाइबाट सक्त घाइते भएकी महिलाको जिल्ला अस्पातल हुम्लामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । घाइतेलाई आजै नेपालगञ्ज लगिएको आफन्त रावतले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ०५ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६