पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछ ।

कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ ।

यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसबाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आईपीओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ४३ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू) 

काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी

जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौं– गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी

डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा 

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने