बलिउडको नेपोटीजमको विषयमा बोले राजकुमार  « Khabarhub

बलिउडको नेपोटीजमको विषयमा बोले राजकुमार 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय बलिउडमा नातावादको विषयमा विभिन्न किसिमका बहसहरु भइरहेका छन् । विशेषतः अभिनेता सुशान्त सिंह राजपूतको निधन भएपछि यस विषयले बढी चर्चा र बहस हुने मौका पायो । नातावाद अर्थात् नेपोटिजमको विषयमा बेलाबखतमा बहस हुने गरेको छ । किनकि बलिउडमा बाहिरका लागि प्रवेश सहज छैन । स्टारकिडले बारम्बार मौका पाउने बलिउडमा बाहिरीलाई मौका पाउनै निकै संघर्ष गर्नु पर्छ । यस्तै संघर्षले बनेका कलाकार हुन् , राजकुमार राव ।

उनी अभिनीत फिल्म हिट : द फस्ट केस’ प्रदर्शनरत छ । यहीँ फिल्मको प्रमोसनको सिलसिलामा उनले नेपोटिजमको विषयमा बोलेका छन् । ‘बलिउडमा नातावाद सकिँदैन । यद्यपि नयाँलाई अहिले प्रशस्तै माध्यम छन् । ओटीटीमा बनिरहेको कन्टेनमार्फत आफूलाई स्थापित गराउन सकिन्छ।’ इन्डिया टुडेसँगको कुराकानीमा ओटिटीमार्फत साथीहरू जयदीप अहलावतले ‘पाताल लोक’ र प्रतीक गान्धीले ‘स्क्याम १९९२’ मार्फत स्थापित भएको उदाहरण समेत उनले उल्लेख गरेका छन् । ‘बलिउडमा नेपोटिजम रहिरहन्छ, तर तपाईंको काम र तपाइको प्रतिभा बोल्छ’, उनले भनेका छन्।

उनले फिल्म बन्ने शैलीमा आएको परिवर्तनलाई नियाली रहेको बताए । ‘कुनै समय हामी सिफोनको साडीमा अभिनेत्रीलाई नचाउन स्विट्जरल्याण्ड पुग्थ्यौँ । अहिले हामीले स-साना कथालाई माध्यम बनाएका छौँ । यी समाजसँग जोडिएकोले दर्शकको प्रिय पनि बने । अब साउथ इन्डियन मेकर्सले हामीलाई लार्जर देन लाइफ फिल्म बनाउने चुनौती दिएका छन् । ‘दर्शकको रुचि बढेकाले हामी पनि त्यसतर्फ लाग्नुको विकल्प छैन’ उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ०३ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई