अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित)  « Khabarhub

अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित) 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक अनिल सिंह पुन संगीतमा सक्रिय भएका छन्।  केही समय गीतसंगीत सिर्जना भन्दा पनि स्टेज कार्यक्रममा व्यस्त अनिलले ‘रेलिमोई’ बोलको गीत ल्याएका छन्। उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् ।

सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा उनलाई देउडा गीत गाउनु पर्‍यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराज मार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् ।

‘मैले यस किसिमको गीत गाएको थिइन् । मलाइ देउडा पनि गाउनु पर्‍यो भन्ने प्रस्ताव आयो । त्यसैले मैले यो गाए’ अनिलले भने । उनले यस गीतलाई म्युजिक स्टेट (युट्युब च्यानल) मार्फत सार्वजनिक गरेका छन् ।

उनले यो गीत सार्वजनिक गर्दै संगीत निर्माणमा समेत सक्रियता बढाएको बताए । ‘मैले केही समय स्टेजलाई दिए । अब गीतसंगीतमा पनि उस्तै सक्रियता बढ्ने छ ।’ गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायाङ्कन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ३६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका