अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित)  « Khabarhub

अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित) 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक अनिल सिंह पुन संगीतमा सक्रिय भएका छन्।  केही समय गीतसंगीत सिर्जना भन्दा पनि स्टेज कार्यक्रममा व्यस्त अनिलले ‘रेलिमोई’ बोलको गीत ल्याएका छन्। उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् ।

सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा उनलाई देउडा गीत गाउनु पर्‍यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराज मार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् ।

‘मैले यस किसिमको गीत गाएको थिइन् । मलाइ देउडा पनि गाउनु पर्‍यो भन्ने प्रस्ताव आयो । त्यसैले मैले यो गाए’ अनिलले भने । उनले यस गीतलाई म्युजिक स्टेट (युट्युब च्यानल) मार्फत सार्वजनिक गरेका छन् ।

उनले यो गीत सार्वजनिक गर्दै संगीत निर्माणमा समेत सक्रियता बढाएको बताए । ‘मैले केही समय स्टेजलाई दिए । अब गीतसंगीतमा पनि उस्तै सक्रियता बढ्ने छ ।’ गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायाङ्कन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ३६ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ