नेपालको समृद्धिको यात्रा साझेदार बन्न डब्लुएपिपिपीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

नेपालको समृद्धिको यात्रा साझेदार बन्न डब्लुएपिपिपीलाई प्रधानमन्त्रीको आग्रह


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो ।

भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ । यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ ।

पिपिपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पिपिपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पिपिपी आकर्षक भए पनि आफैँमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानूनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यलगायतको कुशल तादात्म्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पिपिपीका क्षेत्रमा काम गर्ने संस्थाको सोहीअनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्लुएपिपिपीको सदस्य भएकाले सहयोगका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिए ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा डब्लुएपिपिपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पिपिपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताए ।

उनले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि रु १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पिपिपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजनाअनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराए ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पिपिपीअन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पिपिपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपिपिपीको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

उनले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ५३ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा