एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे « Khabarhub

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।

निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक ९नेपाली०, सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।

निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ नेपाली पर्यटकले निकुञ्ज घुमे । त्यस्तै, सार्क मुलुकका १९ हजार ९७९ र सार्क मुलुक बाहिरका १४ हजार ८०८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ ।

निकुञ्ज घुम्नका लागि नेपाली पर्यटकलाई १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई ५०० रुपैयाँ र सार्क मुलुक बाहिरका पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लाग्छ ।

गत आवमा निकुञ्जभित्र घुम्ने पर्यटकबाट निकुञ्जले सात करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

त्यस्तै, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार र डुंगा सफारीबाट १५ लाख ७३ हजार २०० रुपैयाँ आम्दानी भएको उनले बताए ।

गत आवको साउन र भदौमा जीप सफारी र डुंगा सफारी भएको थिएन । दुई महिनामा चार हजार ८८३ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरे । पर्यटनका लागि निकुञ्जको मुख्यालय कसरामा घडीयाल गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : २४ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा