प्रचण्डको नेतृत्वमा निरंकुश माओवादी पार्टी « Khabarhub

प्रचण्डको नेतृत्वमा निरंकुश माओवादी पार्टी

समावेशी मुद्दाको पार्टीमा एउटा महिला पदाधिकारी, दलित शून्य !


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : तत्कालीन नेकपा माओवादीले प्रचण्डकै नेतृत्वमा १० वर्षे सशस्त्र द्वन्द्वको थालनी गर्यो । २०५२ सालमा प्रचण्डले माओवादी विद्रोहको सुरुवात गर्दा पार्टीमा अरु पनि बौद्धिक र प्रभावशाली नेताहरुको बाहुल्यता थियो ।

तर २०४६ सालदेखि नै मसालबाट विद्रोह गरेर मोहन वैद्य किरणबाट नेतृत्व पाएका प्रचण्ड त्यसयता निरन्तर नेतृत्वमा छन् । जनयुद्धका लागि जंगल पसेको माओवादी १२ बुँदे सम्झौतापछि सिंहदरबार आइपुग्दा पनि नेतृत्वमा प्रचण्ड नै छन् ।

माओवादीले जनयुद्ध घोषणा गरेको समय मात्रै गणना गर्दा पनि झण्डै ३० वर्षदेखि माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड देखिन्छन् । जुन आफैँमा माओवादीभित्रको निरंकुशता हो । नेतृत्व हस्तान्तरण गर्न नसक्ने, नेतृत्व हस्तान्तरण गर्न नमान्ने अनि आफूलाई अधिकार दिएको नाममा मनलाग्दी गर्ने प्रचण्ड प्रवृत्ति माओवादीभित्र तीव्र रुपमा बढ्दो छ ।

महिनौपछि माओवादीले शनिबार पूरा पदाधिकारी पायो । जुन लडाई झण्डै एक वर्षदेखि चलिरहेको छ । प्रचण्डको विकल्प खोज्ने नेतालाई तत्कालै सबै शक्ति लगाएर पार्टीबाटै हटाउने, नभए कुनै व्यक्तिगत घटनामा सलंग्न गराएर बदनाम गर्ने प्रवृत्ति मौलाउँदा माओवादी पार्टी अहिले कार्यकर्तामा सीमित छ ।

जनताको घेराबाट आफैँ सत्ताको लोभमा फसिकेको माओवादीभित्र पदाधिकारी बन्न पनि प्रचण्डको चाकडीबाजमा पर्नुपर्ने अवस्था सिर्जना भएको छ । पदको दाबेदार हुँदा पनि प्रचण्ड आफुअनुकुल निर्णय गर्नका लागि नेता कार्यकर्तालाई ठूलो अन्यायको भुमरीमा पार्ने गरेका छन् ।

जसकारण माओवादी पार्टी दिनप्रतिदिन बदनाम हुँदै गएको छ । तर पनि यसको प्रत्यक्ष असर प्रचण्डमा देखिदैन । त्यति मात्रै होइन, हिजो आफैँले उचालेको नारा, मुद्दा र एजेन्डा आज प्रचण्डकै कारण जोखिममा छन् । संविधानको एजेन्डा बोकेर त्यही अनुसार कार्यान्वयन गर्ने प्रचण्ड आज समावेशी, समानता र सबैको सहभागिता तथा अवसरलाई कुल्चिदै हिडेका छन् ।

नेतृत्व पन्छाउँदै, निरंकुश बन्दै

प्रचण्डको मनलाग्दी प्रवृत्तिका कारण विद्रोह गरेका मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतका नेताहरु आज पार्टीमा छैनन् । उनीहरुले पार्टी छाडेर छुट्टै बसेका छन् । यसबीचमा त्यतिबेला प्रभावशाली ठानिएका विप्लव र प्रकाण्ड पनि अहिले प्रचण्डबाट अलग्गिएको अवस्थामा छन् ।

यद्यपी बाबुराम भने आफूले चुनाव जित्ने दाउका रुपमा फेरि प्रचण्डसँग नजिकिएका छन् । पछिल्लो समय माओवादी पार्टी होइन, प्रचण्ड कम्पनी बनेकोमा कुनै आशंका छैन । तर अहिले पनि पार्टीकै अस्तित्वमा रहेको माओवादीमा प्रचण्ड प्रवृत्ति जति घातक देखिन्छ । त्यो चिन्ताजनक मानिन्छ ।

नेतृत्वका लागि दाबी गर्ने नेताहरुलाई उनीहरुकै कमजोरीमा फसाइदिने प्रचण्ड प्रवृत्ति हावी देखिन्छ । जसले गर्दा उनीहरु प्रचण्डको छेउछाउ पर्ने सम्भावना कम हुँदै गएको पनि नेताहरुको भनाई छ ।

समावेशीको चर्को नारा लगाउने, पदाधिकारी असमावेशी बनाउने

माओवादी पार्टीले आफ्नो स्थापनाकालदेखि नै सबैभन्दा धेरै समावेशी नारा चर्काएको थियो । तर त्यो नारा चर्काउने माओवादी पार्टी आज सबैभन्दा धेरै असमावेशी छ । जसकारण माओवादी चाहेर पनि आफ्नो एजेन्डामा अडिग रहन सकेको छैन ।

माओवादीले घोषणा गरेको पदाधिकारीमा एक जना महिला, केही मधेसी समुदायका नेता छन् । तर एक जना मात्रै महिला अटाएको माओवादी पदाधिकारीमा दलित संख्या भने शून्य छ । जबकी विगतमा प्रचण्ड नेतृत्वकै माओवादीले सबैभन्दा धेरै दलित समूदायका युवालाई युद्धमा होमिन उचालेको थियो ।

आज आफ्नै पार्टीमा दलित समूदायलाई ठाउँ दिन नसकेको माओवादी पार्टीले उठाएको समावेशी नारा केवल आफ्नो सत्तारोहणको हतियार मात्रै थियो भन्दा पनि फरक पर्दैन् । यो माओवादीभित्रको सबैभन्दा ठूलो समस्या बनेको छ ।

अहिले पनि माओवादीमा भित्रभित्रै विभेद बढ्दो छ । शीर्ष तहका नेताहरुले तल्लो तहका नेताहरुलाई चाँसो नदिने, चाँसो दिएपनि पद र महत्व नदिने, एक अर्कालाई पन्छाउने होडबाजी चलाइरहेका छन् । माओवादी पार्टीका नेताहरुलाई समावेशी मुद्दाबारे सोच्ने एक मिनेट फूर्सद पनि नभएको देखिन्छ ।

ढिलोचाँडो प्रचण्ड प्रवृत्ति सत्ताका लागि माहिर रहेपनि यसले माओवादी पार्टी भने झन् पातालमा पुग्ने निश्चित छ । त्यतिबेलासम्म दोस्रो तहका नेता माओवादी पार्टी हाक्न तयार त हुनेछन्, तर माओवादी आन्दोलन, एजेन्डा र अस्तित्व रक्षा गर्न सक्ने अवस्थामा हुनेछैनन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : २० बजे

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले