खाद्य संकटमा युक्रेनको अन्नले राहत « Khabarhub

खाद्य संकटमा युक्रेनको अन्नले राहत


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्र संघले दिएको जानकारी अनुसार गत महिना युक्रेनको बन्दरगाहबाट गहुँ लगायत अन्न ओसारिए। २२ जुलाईका दिन ब्ल्याकसीको कोरिडोर हुँदै सुरक्षित स्थानबाट अन्न ओसार पसार गर्न रुसले युक्रेनलाई छुट दिने गरी सहमति भएको थियो। यसका बाबजुद रुसले युद्ध सुरु हुनु भन्दा अगाडिको तुलनामा आधा मात्र अन्न अन्यत्र निर्यात गरेको छ।

गत फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु भएदेखि यता २० मिलियन टन खाद्यान्न त्यही रोकिएका छन्। यसरी रोकिएका खाद्यान्नमा गहुँसहित मकै र सूर्यमुखी तेलसमेत छ। युक्रेनमा यसरी खाद्यान्न रोकिएको समयमा संसारमा धेरै देशमा खाद्यान्न अभाव तथा महंगी देखिएको छ।

अफ्रिकन विकास बैंकले जनाए अनुसार त्यस महादेशको माग भन्दा ३० मिलियन टन खाद्यान्नको कमी छ। साथै खाद्यान्नको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ। नाइजेरियाको मैदाबाट बनाइने पास्ता र रोटी लगायतको मूल्यमा ५० प्रतिशतले वृद्धि भएको छ।

प्रत्येक वर्ष युक्रेनबाट मिलियन टनभन्दा बढी खाद्यान्न आयात गर्ने यमनमा अहिले पिठोको मूल्य ४२ प्रतिशत तथा रोटीको मूल्यमा २५ प्रतिशतले वृद्धि भएको छ। युक्रेनबाट गहुँको आयात गर्ने प्रमुख देश सिरियामा रोटीको मूल्य दुई गुणाले बढेको छ।

गत २२ जुलाईमा सम्झौता भएपछि पाँच लाख ६० हजार टन खाद्यान्न युक्रेनको बन्दरगाहबाट ओसारिएका हुन्। यसरी चार लाख ५१ हजार ४ सय ८१ टन मकै ओसारिएका हुन् । यसैगरी ४१ हजार ६ सय २२ टन गहुँ र ६ हजार टन सूर्य मुखी तेल पनि ओसारियो। यो सहमति कायम भएपछि विस्तारै बजारको अन्य क्षेत्रमा मूल्यमा नियन्त्रण आउने अपेक्षा गरिएको छ।

राष्ट्र संघले अहिले मूल्य वृद्धि पनि आकलन गरेको छ। यो सम्झौतापछि विश्वव्यापी रूपमा नौ प्रतिशतले खाद्यान्नको मूल्यमा गिरावट आएको छ। केही दिनमै खाद्यान्न रहेको ३० वटा जहाज त्यहाँबाट निस्कने युक्रेनले जनाएको छ।

अहिले युक्रेनी गहुँको सबै भन्दा बढी खरिद संयुक्त राष्ट्र संघले गरेको छ। यसरी खरिद गरेको गहुँ राष्ट्र संघले संसारका अन्य देशमा लैजाने गरेको छ।

ब्रेभ कमान्डर नामको जहाजमा रहेको दुई लाख ३० हजार टन गहुँ छ। यो गहुँ अहिले इथियोपियाका लैजान लागि राष्ट्र संघले खरिद गरेको हो।

राष्ट्र संघले संसारमा सहयोगको आवश्यकता परेका धेरै देशमा लैजानका लागि ६ लाख टन गहुँ खरिद गरेको जनाएको छ। युक्रेनको सरकारले जनाए अनुसार अगस्टको पहिलो दुई सातामा ९ लाख ४८ हजार टन समुद्र तथा जमिनबाट ओसारिए। यसै समयको बीचमा गत वर्ष १.८ मिलियन टन ओसारिने गरिएको थियो।

ओडीसाको बन्दरगाहको भ्रमणमा पुगेका राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटीरेजले युक्रेनबाट धेरै मात्रामा खाद्यान्न र मल अन्यत्र लैजानु महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए। यसरी अन्न लिएपछि विस्तारै मूल्यमा नियन्त्रण आउने विश्वास उनको छ।

युक्रेन सरकारले सेप्टेम्बरमा तीन मिलियन तथा अक्टोबरमा ४ मिलियन टन खाद्यान्न निर्यात गर्ने छ। युक्रेनको अभियानले कसरी सार्थकता पाउँछ भन्ने संसारका धेरै जहाज कम्पनीमा निर्भर रहने छ। ती जहाज कम्पनीले आवश्यक जहाजको मात्रा उपलब्ध गराएमा युक्रेनले यी लक्ष्यलाई सहजै पुरा गर्न सक्नेछ।

लायड जहाजका डेभिड ओस्लर महिनाको तीन मिलियन टन खाद्यान्न अन्न युक्रेनबाट अन्य स्थानमा लैजान आफ्नो कम्पनी सफल हुने बताउँछन्। उनले यसका लागि प्रत्येक दिन १५ जहाज त्यहाँबाट बाहिर लगिने बताउँछन्।

जुलाई महिनामा सम्झौता हुनुका बाबजुद जहाजका मालिक आफ्नो जहाज त्यहाँ लैजान भने डराइ रहेका छन्। उनीहरू कतै रुसी सेनाले आक्रमण त गर्ने होइनन् भन्नेमा त्रसित छन्।

रुस र युक्रेनको ओडीसाको कोरिडोर प्रयोग गर्नका लागि टर्कीसँग सम्झौता गरेका छन्। यस सम्झौता अनुसार इस्तानबुलको बाटो हुँदै अन्न संसारका अन्य देशमा लैजान सकिने छन्।

युक्रेनको अन्न ओसार्ने जहाजका लागि एउटा भिन्न बाटो तयार गरिएको छ। रुसको हात हतियार ओसार्ने जहाजबाट कुनै आक्रमण त हुँदैन भन्ने कुराको निगरानी टर्कीले गर्नेछ। अनुमति पाइएका ब्ल्याकसीको बाटो हुँदै रुसले पनि अन्न अन्य देशमा निर्यात गर्नेछ। नोभेम्बरको मध्यमा यो सम्झौता भङ्ग हुनेछ।

ओस्लरले बताए अनुसार बीमा कम्पनीले युक्रेन जाँदा र त्यहाँ फर्किएको समयमा जहाजको बीमाको प्रीमीयरमा एक देखि दुई प्रतिशतले वृद्धि गरेका छन्। यसरी बीमाको प्रीमीयरमा गरिएका वृद्धि सबैले स्वाभाविक रूपमा लिएका छन्। बीमा बापतको सुविधामा वृद्धि भए पनि त्यहाँ जानेको त्रास भने हटेको छैन।

यो बन्दरगाह बन्द भएको समयमा युक्रेनले जमिनको प्रयोग गरेर ट्रकबाट सामान ओसारेर निर्यातको प्रयास गरेको थियो। युक्रेनको शब्दमा यसलाई सोलीडारिटी लेन पनि भन्ने गरिन्छ। युक्रेनबाट ट्रकको प्रयोग गरेर बाल्टीक सिटीको बन्दरगाहमा लगेर पनि अन्य बाटो पहिल्याउने काम हुने गरेको थियो। कोन्सान्टान्सटाको रोमानीयाली बन्दरगाह अर्को वैकल्पिक बाटोको रूपमा रहेको छ।

पर्याप्त सडक र रेलको बाटो नभएको हुँदा यी सबै विकल्पमार्फत् रुसले १० प्रतिशत मात्र अन्न ओसार्ने गरेको थियो।

अहिले संसारका धेरै देशमा भयावह र त्रासदीय अवस्था रहेको छ। यसको चेन असर सर्वत्र नै छ। कोभिड–१९ महामारीको पूर्ण रूपमा अन्त्य नहुँदै भएको युद्धका कारण ती दुई देशका साथै संसारका अन्य निम्न तथा मध्य आय भएका देशमा समस्या थपिएका छन्।

यस युद्धले निम्त्याएको खाद्यान्न अभावसँगै अहिले मुद्रास्फीतिको समस्या पनि बढेको छ। अप्रिल र जुलाईको तथ्यांक हेर्ने हो भने ९९.९ प्रतिशत निम्न तथा मध्यम आय भएको देशमा पाँच प्रतिशत भन्दा बढी मुद्रास्फीति देखिएको छ।

९२.७ प्रतिशत अति निम्न आय भएका देशमा यो समस्या देखिएको छ। ८९ प्रतिशत उच्च वर्गीय परिवारमा यो समस्या देखिएको छ। ८३.३ प्रतिशत उच्च आय भएका देशमा उच्च मुद्रास्फीति देखिएको छ।

११ अगस्टका दिन संसार भरको खाद्यान्नको मूल्यमा दुई साताको भन्दा एक प्रतिशतले बढेको पाइयो। मकै र गहुँको मूल्य जनवरीको तुलनामा संसारकै आँकडा निकाल्दा दुई प्रतिशत बढी पाइएको छ । यसै अवधिमा धानको मूल्यमा ६ प्रतिशतले वृद्धि भएको छ।

विश्व बैङ्कको अप्रिल २०२२ को कमीडीटी मार्केट आउट लुकको अनुसार यो सन् २०२४ सम्म पनि कायम रहन सक्नेछ। २०२४ सम्म नै मुद्रास्फीति समस्या पनि देखिन सक्नेछ।

युद्धका कारण धेरै देशले कोभिड महामारीको अन्त्यसँगै सुरु गरेको व्यापारिक नीति पनि असफल भएको छ। अहिलेको मूल्य वृद्धिका मुख्य कारण एक देशले अर्को देशमाथि लगाएको प्रतिबन्ध नै हो। ११ अगस्ट सम्ममा २३ देशले ३३ देश या उत्पादनलाई प्रतिबन्ध लगाएका छन्। ११ देशले विदेशबाट कुनै पनि वस्तु निर्यात गर्दा बढी नै मापदण्ड राखेका छन्।

यी सबै कुराको प्रतिफल हो कि जुन महिनासम्ममा ८२ देशका ३ सय ४५ मिलियन जनसङ्ख्या खाद्यान्नको संकट भोग्न बाध्य भए। विश्व बैंकले ८५ देशमा गरेको सर्वेक्षण अनुसार अहिले संसारमा धेरै नै व्यक्ति सन्तुलित भोजनका लागि असमर्थ छन्।

जुन या जुलाईसम्मको यो समस्या विस्तारै युक्रेनको खाद्यान्न बाहिर आएपछि कम हुने अपेक्षा गरिएको छ। स्रोत : विश्व बैंक

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १ : ३४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको