बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष प्रचण्ड « Khabarhub

बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष प्रचण्ड


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्‍याएका बताए । उनले भने, “बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”

देशलाई रूपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उनको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष दाहालले भने।

यसैगरी पूर्व उपसभामुख  पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा स्थापित गिरीको उपचारका क्रममा गए राति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केही बेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : ३३ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई