प्रदीप गिरिको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त  « Khabarhub

प्रदीप गिरिको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएको उपराष्ट्रपति पुनको शोक वक्तव्यमा उल्लेख छ ।

प्रदीप गिरी भौतिक रूपमा बिदा हुनु भए पनि उनको विचार र देशको लागि पुर्‍याउनु भएको योगदानले सधैँ बाँचिरहने बताएका उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ३५ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न