सोमालियाको होटलमा अल शबाबको आक्रमणपछि जारी हिंसा अन्ततः ३० घण्टापछि समाप्त, ४० जनाको मृत्यु « Khabarhub

सोमालियाको होटलमा अल शबाबको आक्रमणपछि जारी हिंसा अन्ततः ३० घण्टापछि समाप्त, ४० जनाको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अल शबाब आतङ्ककारीहरूले अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा गरेको आक्रमणपछि जारी हिंसा अन्ततः समाप्त भएको छ ।

सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अल शबाब आतङ्ककारीले गराएको आक्रमणको झण्डै ३० घण्टापछि हिंसा अन्त्य भएको हो ।

अल शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएको थियो ।

अल कायदा आतङ्ककारी समूहसँग आबद्ध अल शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ । अल शबाबले अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।

यता, भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ०२ बजे

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

झापा– प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा