संदिग्ध कार बम आक्रमणमा प्रभावशाली रुसी उग्रराष्ट्रवादी राजनीतिक सिद्धान्तकारकी छोरीको मृत्यु « Khabarhub

संदिग्ध कार बम आक्रमणमा प्रभावशाली रुसी उग्रराष्ट्रवादी राजनीतिक सिद्धान्तकारकी छोरीको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभावशाली रुसी राजनीतिक सिद्धान्तकार अलेक्जाण्डर डुगिनकी छोरीको संदिग्ध कार बम आक्रमणमा मृत्यु भएको छ ।

डुगिनकी छोरी डार्या डुगिनाको संदिग्ध कार बम आक्रमणमा शनिबार मृत्यु भएको रुसी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

मस्को क्षेत्रका अनुसन्धानकर्ताहरुले उनी चढेको टोयोटा ल्याण्ड क्रुजरमा राखिएका विस्फोटक पदार्थ विस्फोट भएका कारण उनको मृत्यु भएको जानकारी दिएका छन् ।

रुसको तास समाचार संस्थाले डुगिनाका साथी आन्दे्रइ क्रास्नोभलाई उद्धृत गर्दै जनाएअनुसार उक्त कार उनका बुवाको रहेको थियो ।यसकारण आक्रमणको प्रमुख निशानामा अलेक्जाण्डर डुगिन नै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

टेलिभिजनमा प्रसारण गरिएका तस्वीर एवम् भिडियोहरुमा घटनास्थलबाट अनुसन्धानकर्ताहरुले कारको भग्नावशेष र अवयवहरु संकलन गरिरहेको देखाइएको छ ।

अनुसन्धानकर्ताहरुले घटनालाई हत्या अपराधको रुपमा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

अलेक्जाण्डर डुगिन रुसमा निकै प्रभावशाली राजनीतिक सिद्धान्तकार मानिन्छन् । उग्र रुसी राष्ट्रवादी छवि भएका उनले बारम्बार रुसले युक्रेनलाई आफ्नो मुलुकमा विलय गराउनुपर्ने धारणा राख्दै आएका छन् ।

अमेरिकी प्रतिबन्धको सूचीमा समेत रहेका डुगिनको राजनीतिक सिद्धान्तलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत शिरोपर गर्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ४३ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा