‘प्रकाश’ को प्रिमियर तिर्खु गाउँमा हुँदै « Khabarhub

‘प्रकाश’ को प्रिमियर तिर्खु गाउँमा हुँदै


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।

झन्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र वैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् ।

प्रदर्शनमा नआउँदै ७५ प्रतिशत

चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झन्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुबेदीले भने, ‘चलचित्र,भारत,अमेरिका,जापान,अष्ट्रेलिया लगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ । गीत, टेर्लरबाट राम्रो प्रतिक्रिया आएको छ । हाल सम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।’ साथै अस्ट्रेलियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।

आइतबार पत्रकार भेटघाटमा नायक प्रदीप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताए । उनले भने, ‘अक्सर चलचित्रको वर्ल्ड  प्रिमियर शो काठमाडौँका महँगा हलहरूमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बिच गर्ने चलन छ । तर जुम्लाकै परिवेश समेटीइको फिल्म भएकोले प्रकाशको वर्ल्ड  प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।’

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको संघर्ष, हुँदा खाने र हुने खानेबीचको भेदभाव,जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवर्द्धनको विषयले चलचित्रले जोड दिएको लेखक विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायाङ्कन भएको यो चलचित्रको सोही गाउँमा वर्ल्ड प्रिमियर गरिएको हो ।

राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मूल प्रवाहमा ल्याउन,बिम्बात्मक रूपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । भने,राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार, पूर्णप्रसाद चौलागाईं,राजकली महत लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ३७ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु