अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलन गर्ने बाइेनको घोषणा | Khabarhub Khabarhub

अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलन गर्ने बाइेनको घोषणा


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा राष्ट्रको आत्मालाई निको पार्ने अभियान रहने बताइएको छ।

ह्वाइट हाउसले सो बारे शुक्रबार घोषणा जानकारी दिंदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउँन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्नुहुने जनाएको छ। एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्कॉन्सिन लगायत शहरहरूमा घृणा सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ।

गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसा विरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए।

सो सम्मेलनले घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेदको अन्त्यका लागि उबाब सृजना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ०७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको