धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते « Khabarhub

धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन् । तादी गाउँपालिका– ५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई उपचारका लागि स्थानीय खरानीटार अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ । गम्भीर घाइते महिलाको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ०६ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका