आज दिनभरका मुख्य समाचारहरू | Khabarhub Khabarhub

आज दिनभरका मुख्य समाचारहरू


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिन भर राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण, मतपत्रमा उम्मेदवारी दिनेकाे मात्रै चुनाव चिह्न रहने, प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि, दैलेखका दुई जना व्यक्तिकाे अपमानजनक नाम परिवर्तन, थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारहरूले प्रमुख स्थान पाए ।

आज दिनभरका मुख्य समाचारहरू:

राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिन ।

यस्तै राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मतपत्रमा उम्मेदवारी दिनेकाे मात्रै चुनाव चिह्न रहने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश गरिने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेआगामी मंसिर ४ गते एकै चरणमा हुने संघीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिए।

आयोगले आउँदो निर्वाचनका लागि संघीयको १६५, प्रदेशतर्फ ३३०, ७ प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ ।

मतदान केन्द्रमा चार वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने आयोगको भनाइ छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी पनि गरेको छ ।

निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त 
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन।

ललितपुरमा आज सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनबिपरित भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताएका हुन ।

उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राहय नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे। उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोहि अनुरुप मिति तय गरेको जिकिर गरे ।

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज दिउँसो गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण गरेको थियो । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका थिए ।

गिरीका श्रीमती र एक छोरा छन । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् एवम् बहुआयामिक व्यक्तित्व रुपमा परिचित छन ।

गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । यसैबीच नेपाली कांग्रेसले दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै आज भोलि र पर्सि तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

दैलेखका दुई जना व्यक्तिकाे अपमानजनक नाम परिवर्तन
अपमानजनक नाम लेखेर नागरिकता जारी भएका दैलेखका दुई जना व्यक्तिले आफ्नो वास्तविक नाम राखेर नागरिकताको प्रमाणपत्र पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले यसअघि कुकुर कामी नाममा जारी भएको नागरिकता सच्याएर भगवती गाउँपालिका– ५ का कविराम कामीलाई उनको वास्तविक नाम उल्लेख भएको नागरिकताको प्रमाणपत्र दिएको हो ।

 

त्यस्तै ठगे विक नाममा जारी भएको नागरिकता सच्याएर भगवतीमाई गाउँपालिका–३ का कर्णबहादुर विकलाई पनि वास्तविक नाम उल्लेख गरेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : १९ बजे

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा

राष्ट्रिय सुरक्षामा देखिएका आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पसमा नेविसंघले कार्कीलाई अघि सार्‍यो

काठमाडौं – चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी