विश्व इतिहासमा आज :  ‘हबिट्स’प्रकाशित देखि ‘वेस्टगेट मल’मा आक्रमणसम्म « Khabarhub

विश्व इतिहासमा आज :  ‘हबिट्स’प्रकाशित देखि ‘वेस्टगेट मल’मा आक्रमणसम्म


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असोज ५ गते बुधबार। सन् २०२२ को सेप्टेम्बर २१ तारिख। आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१३ सेप्टेम्बर २१ मा केन्याको नैरोबीस्थित ‘वेस्टगेट मल’ मा आक्रमण भएको थियो। चरमपन्थी समुह अल–शबाबका लडाकूहरुले गरेको सो आक्रमणमा ६३ व्यापारीहरु र ४ आतंकवादीहरु मारिएका थिए।

सन् २००३ सेप्टेम्बर २१ मा ग्यालिलियो अन्तरिक्ष मिशनको समाप्ति भएको थियो। सो मिशनमा प्रयोग गरिएको यान जुपिटरको वायुमण्डल प्रवेश गरेपश्चात क्र्याश भएको थियो।

सन् १९९९ सेप्टेम्बर २१ मा टाईवानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने १ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। सो भूकम्पमा करिब १० बिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको थियो।

सन् १९९१ सेप्टेम्बर २१ मा यूएसएसआरले आर्मेनियालाई स्वतन्त्रता प्रदान गरेको थियो।

सन् १९८१ सेप्टेम्बर २१ मा संयुक्त अधिराज्यले बेलिजलाई पूर्ण रुपमा स्वतन्त्रता प्रदान गरेको थियो।

सन् १९६४ सेप्टेम्बर २१ मा माल्टाले संयुक्त अधिराज्यको अधिनबाट स्वतन्त्रता प्राप्त गरेको थियो। सन् १८१४ मा पेरिस सन्धीअन्तर्गत बेलायतले माल्टालाई आफ्नो अधिनमा लिएको थियो।

सन् १९६१ सेप्टेम्बर २१ मा बोइङ सीएच–४७ चिनूकले आफ्नो पहिलो उडान भरेको थियो। सो अमेरिकी हेलिकप्टरलाई अमेरिकी सेनाले द्वन्द्व सम्बन्धित क्षेत्रमा प्रयोग गर्दै आएको छ।

सन् १९३७ सेप्टेम्बर २१ मा जेआरआर टोल्किन्सको ‘हबिट्स’ पहिलो पटक प्रकाशित भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर