इटालीमा दक्षिण पन्थीको चुनावी यात्राले उठाएको बहस | Khabarhub Khabarhub

इटालीमा दक्षिण पन्थीको चुनावी यात्राले उठाएको बहस


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पार्लेमोको राजधानी सिसिली, केन्द्रीय राजधानी रोम भन्दा धेरै पर छ। त्यहाँ बजारमा भेटिने धेरै अनुहारमा अर्को साता हुने निर्वाचनको विषयमा कुनै चासो छैन। हामी कहाँ जस्तै त्यहाँ पनि एउटा मान्यता स्थापित भएको छ,‘जनु जोगी आए पनि कानै चिरिएका’ त्यसै बजारमा एउटी महिला भेटिन्छिन्, सोनिया कापीजी। विगतको भन्दा यस पटक उनी उत्साहित छन्। यो उत्साहको कारण अन्य केही नभएर जर्जीया मेलोनीको उम्मेदवारी हो।

ओपिनियन पोलमा दक्षिण पन्थी ब्रदर अफ इटालीकी यी महिलाले सबैलाई पछि पारेकी छन्। उनी भन्छिन्, ‘उनले मलाई आकर्षित गरेकी छिन्, किनकी उनी आमा हुन्, महिला हुन् र उनमा एउटा चमक छ।’

यसअघि सन् २०१८ मा भएको निर्वाचनमा सिसिलीमा उनको पार्टीले चार प्रतिशत भन्दा कम मत पाएको थियो। त्यस समयमा फाइभ स्टार मुभमेन्टले ५० प्रतिशत मत पाएको थियो। यस पटक ब्रदर्श अफ इटाली जागेको मात्र होइन, गर्जिएको छ। दक्षिणपन्थी गठबन्धन धेरै बलियो देखिएको छ।

सन् २०१८ मा भएको निर्वाचनमा सिसिलीमा उनको पार्टीले चार प्रतिशत भन्दा कम मत पाएको थियो। त्यस समयमा फाइभ स्टार मुभमेन्टले ५० प्रतिशत मत पाएको थियो।

४५ वर्षीय मेलोनी इटालीकी पहिलो महिला प्रधानमन्त्री हुने सम्भावना हुनेछ। साथै बेनिटो मुसोलीनीपछि पहिलो दक्षिण पन्थी नेता प्रधानमन्त्री हुने सम्भावना देखिएको छ। करको दायरा घटाउने उनको घोषणाले नै उनलाई दिन दिनै लोकप्रिय बनाउँदै लगेको छ। निर्वाचनलाई उनको अनुकूल बनाउँदै पनि लगेको छ।

इटालीको गरिब त्यो दक्षिणी क्षेत्रले भाइभ स्टारबाट धेरै लाभ लिएको छ। यस कारण अहिले पनि त्यहाँ सोही दलको मनग्ये प्रभाव छ। तर, सोनिया जस्ता धेरैको आवाजले अहिले वातावरण फरक पार्दै लगेको छ। ‘काम नपाएर मानिस घरमै बसिरहेका छन्। तिनीहरूको काम नै छैन’, ती क्याफे मालिकले भनिन्, ‘सरकारको काम रोजगारी सिर्जना गर्ने हो।’

पालेर्मोको बाहिर यस्ता आवाज सुन्न थालिएका छन्। युरोपकै गरिब क्षेत्र मानिने त्यस स्थानमा ५० प्रतिशत बेरोजगारीको समस्या छ। त्यसमा पनि युवामा त ८० प्रतिशत बेरोजगारीको समस्या भएको जनाइन्छ। त्यहाँ धेरै जना गत निर्वाचनमा फाइभ स्टारलाई मत दिएकाहरू भेट्टाउन सकिन्छ। अहिले ती मध्यका धेरै जसो खुलम खुला मेलोनीलाई मत दिने बताउन थालेका छन्।

इटालीको गरिब त्यो दक्षिणी क्षेत्रले भाइभ स्टारबाट धेरै लाभ लिएको छ। यस कारण अहिले पनि त्यहाँ सोही दलको मनग्ये प्रभाव छ।

त्यस क्षेत्रको सरसफाइ र सुरक्षित हुने अवस्था उनीहरूको पहिलो चाहना हो। रातको समयमा निस्फिक्री हिँड्न सक्ने अवस्था त्यस स्थानमा नभएको उनीहरूको मत छ। प्रशासनलाई चुस्त र दुरुस्त बनाउन गत सरकारले नसकेको उनीहरूको गुनासो छ। उनीहरूले गत निर्वाचनमा फाइभ स्टारबाट यस कुराको अपेक्षा गरेका थिए।

इटाली युरोपका ठूला देश मध्यकै एक हो। मानव इतिहासको पुरानो सभ्यता भएको एउटा देश पनि हो। यहाँ विविधता छ। देशको उत्तरी भेगमा भने दक्षिणको जस्तै अवस्था छैन।

उत्तरी भूभागमा विलासी जिन्दगी बिती रहेका छन्। त्यहाँ पास्ता, मासु र पेय पदार्थ जीवनको अभिन्न अङ्ग बनेका छन्। ती स्थानमा राजनीतिक रङ्ग पनि फरक खाले छन्। उत्तरमा भोक र प्यासमा कुरा हुँदैनन्। प्राय डिनरको समयमा रुसले गरेको युक्रेन आक्रमणको कुरा हुन्छन्। इटालीको सम्भाव्य भूमिकाका कुरा हुन्छन्। त्यहाँ शिक्षा नीतिका बारे पनि कुरा हुन्छन्।

‘जर्जिया मेलोनीको बारे म चिन्तित छु। तिनी मैले देखेको मध्य सही बाटो नलिने महिला हुन्’, उनका आलोचक समेत रहेकी बरबरा रोसीले भनिन्। परिवारसहित त्यहाँ आएकी रोसीका अन्य चिन्ता छन्। उनी भन्छिन्, ‘मलाई उनले हाम्रो मानव अधिकार हनन गर्ने त होइनन् भन्ने चिन्ता जाग्न थालेको छ।’ रोसीलाई त गर्भपतनको अधिकार हनन हुने हो कि भन्ने चिन्ता छ। मुसोलीनीको जस्तै फाँसीवादको उदय त हुने होइन भन्ने चिन्ता उनलाई छ। ब्रदर अफ इटालीका नेता बेहेमेन्टली फाँसीवादको सम्भावना देख्दैनन्। उनी यो इतिहासको एउटा कालखण्डको कुरा मात्र भएको जिकिर गर्छन्।

‘जर्जिया मेलोनीको बारे म चिन्तित छु। तिनी मैले देखेको मध्य सही बाटो नलिने महिला हुन्’, उनका आलोचक समेत रहेकी बरबरा रोसीले भनिन्।

यसरी जिकिर गरिनुका बाबजुद त्यस पार्टीमा जरामै फाँसीवाद छ। यो पार्टीको विस्तार र यसका आधार नै मुसोलीनीको अवशेषसँग सम्बन्धित भएकोमा पनि दुई मत हुन सक्दैन। गत वर्ष केही व्यक्तिले फाँसीवादलाई स्यालुट गरेको भिडियोसमेत सार्वजनिक भएको थियो।

मेलोनीको राजनीतिक कार्यक्रमलाई सामाजिक रूपान्तरणका कुराले छायामा पारेका छन्। उनी समान लिङ्गी बीचको सम्बन्धलाई स्वीकार गर्दिनन्। ‘पक्कै पनि प्राकृतिक परिवारको आवश्यकता हो। एलजीबीटीको पक्षधर होइन’, केही समय अगाडि स्पेनको दक्षिण पन्थीको प्रदर्शनलाई इङ्गित गर्दै उनले भनेकी थिइन्।

स्योरोगीबाट बच्चा जन्माउने दुई बाबुलाई पनि यसले चिन्तित तुल्याएको छ। मेलोनीको शासनकालमा कतै आफूहरू जस्तै परिवार छिन्न भिन्न त पारिने होइन भन्ने चिन्ता उनीहरूलाई छ।

मेलोनीको राजनीतिक कार्यक्रमलाई सामाजिक रूपान्तरणका कुराले छायामा पारेका छन्। उनी समान लिङ्गी बीचको सम्बन्धलाई स्वीकार गर्दिनन्।

क्रिस्चीयन डे फ्लोरियो र कार्लो टेमिनो दुई पुरुष दम्पत्ती हुन्। उनीहरूले बच्चाका लागि स्यारोगेसीको सहारा लिएका थिए। यसबाट जुम्ल्याहा दुई बच्चा जन्मिएका छन्। दुई बच्चा नै चार वर्षका भए। यो परिवार अहिले खुसीमा रमाइरहेको छ।

‘उनको नीति शत्रुको व्याख्या गर्ने हो’, कार्लोले भने, ‘हामी जस्ता गे, लिङ्ग परिवर्तन गर्ने तथा आप्रवासी उनका शत्रु नै हुन्।’ कार्लोसको मेलोनीप्रति अन्य धेरै कुरामा असहमति छ। उनको विचारमा मेलोनी आफ्नो विचारमा असहमत हुनेलाई शत्रुकै व्यवहार गर्छिन्। कार्लोस भन्छन्, ‘समाजको हरेक विचारको स्थान हुनुपर्छ। प्रजातन्त्र भनेकै यही हो।’

इटालीको प्रजातन्त्रको गाँठो राम्रोसँग कसिएको छ। यो कुन दिसामा जाने भन्ने पनि अनिश्चित नै छ। इटाली आफैमा एउटा राजनीतिक प्रयोगशाला हो। फाँसीवादको उदय इटालीमा भएको थियो।

अमेरिकामा डोनाल्ड ट्रम्पले प्रविधि नियन्त्रित सरकारको स्थापना गर्ने प्रयास गर्नु दुई दशक अगाडि नै इटालीले बिलिनियर टाइकुन र मिडिया सम्राट्लाई देशको नेतृत्व सुम्पी सकेको छ। अहिले दक्षिण पन्थी प्रधानमन्त्री निर्वाचित गराउने सम्भावना प्रबल बनेको छ।

अहिले इटालीले फेरि परिवर्तन त खोजेको छ। तर, त्यस परिवर्तनले फेरि अँध्यारो खाडलतर्फ मोड्ने त होइन भन्ने चिन्ता पनि त्यहाँ छ। सन् १९१९ मा मुसोलीनीको सत्तामा चार जनाको हत्या गरेर समाजवादी प्रतिष्ठान माथिको पहिलो आक्रमणको सुरुवात गरेको थियो। सन् १९२० देखि १९२२ को बीचमा समाजवादी र क्याथोलिक कामदार माथिको ज्यादतीले सीमा पार नै गरेको थियो।

कालो पोसाक लगाएका र जमिनदारबाट सुरक्षित जत्थाले बीच सडकमै मान्छे पिट्ने, चुट्ने र कसटर तेल जबरजस्ती पिलाउने सम्मका काम गरेका थिए। सन् १९२५ मा मुसोलीनीले सत्ता पुरै कब्जा गरिसकेका थिए। त्यसै समयमा देशका सम्पूर्ण संरचना भत्काइएका थिए। त्यसपछि मुसोलीनीले थुप्रै विपक्षी नेतालाई मारेका समेत थिए।

त्यसै इटालीले सन् १९९४ मा बिलिनीयर सिल्भियो बुेर्लुस्कोनीलाई निर्वाचित गरेको थियो। संसारकै एक धनाढ्य यी व्यक्ति सन् २०११ मा सत्ता च्युत भएका थिए। सन् १९८८ मा उनी र्फोब्सको बिलिनियर सूचीमा परेका थिए।

सन् १९२५ मा मुसोलीनीले सत्ता पुरै कब्जा गरिसकेका थिए। त्यसै समयमा देशका सम्पूर्ण संरचना भत्काइएका थिए। त्यसपछि मुसोलीनीले थुप्रै विपक्षी नेतालाई मारेका समेत थिए।

सन् १९६० देखि ७० को बीचमा जहाजमा गीत गाउने गरेका उनी त्यसपछि व्यापारमा संलग्न भएका थिए। तीनै बेर्लुस्कोनीको युग पनि इटालीले पार गरेको छ। पुरानो मानव सभ्यता भएको इटालीका यी भिन्नभिन्न युगपछि अबको युग कता जाने भन्ने अनिश्चित छ। यसै बीचको मेलोनीको चुनावी दौडले यस चासोलाई अझ बढाएको छ।
स्रोत : बीबीसी, ब्रिटानिका

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५४ बजे

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक