भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ  « Khabarhub

भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ 


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत  – पटक-पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका –१३ कुदुमा लिफ्टमार्फत् सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। २ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याइएको हो।

भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षायाममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य बस्तुको उत्पादनमा वृद्धिहुने अपेक्षा लिइएको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत् तानेर गाउँमा पानी पुर्‍याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए।

२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ।  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको कार्यालय प्रमुख शाहीको बताए। ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ।

वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए।  ११० हेक्टर जमिनमा भेरीको पानीबाट पर्याप्त सिँचाइ पुर्‍याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ।

यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो। खानेपानी लागि समेत कुदुमा काम जारी रहेको छ।  जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ।  छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन्।  सहरीकरणको अभ्याससमेत तीव्र रुपमा विकास हुन थालेको छ ।

छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ।  जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुईवटा सडकसँग जोडिएको छ। पानीको दु:ख हुन्छ भन्दै छोरी र बुहारीसमेत लिन र ल्याउन धौ-धौ पर्ने यहाँका स्थानीयबासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए। कुदुमा पिउने पानीको लागिसमेत करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ४० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको