डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग | Khabarhub Khabarhub

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।

विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन् । लामखुट्टे नियन्त्रणका लागि समुदाय स्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न समेत उनले आग्रह गरे।

नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ । डेङ्गु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ ।

उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेङ्गु रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ४९ बजे

‘सङ्क्रमणकालीन न्याय भनेको फौजदारी न्यायजस्तो हैन’

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता

ईयूले टर्कीको शरणार्थी कोषमा थप एक अर्ब यूरो राख्ने

एजेन्सी – टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब

बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न

एकीकृत समाजवादीमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले

सुदूरपश्चिमको राजधानी स्थापना अझै अनिर्णित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको