सडक अतिक्रमण हटाउन नगरपालिकाको निर्देशन « Khabarhub

सडक अतिक्रमण हटाउन नगरपालिकाको निर्देशन


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिएका हुन् । पूर्व-पश्चिम लोकमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाया बाँध्ने, बिस्कुन सुकाउने सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधान आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरणसमेत दूषित हुने भएकाले नगरले सूचना नै जारी गरेर हटाउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।  

उनले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर मङ्गलबार सूचना प्रकाशन गरेको बताए । सूचनालाई अटेर गरी अतिक्रमण नहटाएको वा सो कार्य गरिरहेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ । 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ५९ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।