जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ « Khabarhub

जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका-५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गाविस ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ ।जिल्ला अदालत रूपन्देहीबाट २०७३ वैशाख ३० गतेको फैसला अनुसार उनलाई जन्मकैद ठहर भएको थियो । हत्या लगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले मंगलबार पक्राउ गरेको छ । 

फैसला कार्यान्वयनको लागी रूपन्देही अदालतमा पेश भएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय रूपन्देहीमा पठाइएको रूपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ४० बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी