बालक अपहरण आरोपमा भारतीय महिला पक्राउ « Khabarhub

बालक अपहरण आरोपमा भारतीय महिला पक्राउ


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका-१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका