‘निःशुल्क शिक्षा भ्रम मात्र’ | Khabarhub Khabarhub

‘निःशुल्क शिक्षा भ्रम मात्र’


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाहरुको जोड थियो ।

बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् डा विष्णु कार्कीले निःशुल्क शिक्षा सम्भव नै नभएको ठोकुवा गर्दै निःशुल्कका नाममा झुटको खेती भइरहेको आरोप लगाए ।

उनले विभिन्न राजनीतिक स्वार्थको लागि पटक–पटक निःशुल्क शिक्षाको भ्रमको खेती भएको बताए । ‘पहिले निःशुल्क शिक्षा भनेर पाठ्यपुस्तकमा सीमित गरियो, तर हालसम्म पनि समयमा किताब नपुग्ने समस्या भइरहेको छ । पछि फेरी अर्को चुनाव आउँदा निःशुल्क शिक्षाका नाममा शिक्षकको निःशुल्क व्यवस्थापन भनियो, तर यसमा पनि विद्यालयहरुलाई शिक्षकको दरबन्दी पुग्दैन र सधैं दरबन्दीको नाममा विद्यालयहरुले शुल्क लिइरहेका छन् ।’ उनले फेरिहस्त सुनाए ।

शिक्षामा विगत ४७ वर्षदेखिका रिर्पोटहरु केलाउँदा प्रति एक विद्यार्थीहरुमा आर्थिक भार निक्कै थपिएको छ । शिक्षाविद् कार्कीकाअनुसार १९७५ मा प्रति विद्यार्थी ५० रुपैयाँ शुल्क थियो भने १९९५ मा ९७५ रुपैयाँ, २०१५ मा १५ हजार र हालसम्म प्रति विद्यार्थी २५ हजार रुपैयाँ शुल्क खर्च भइरहेको छ ।

उनको कुरामा सहमत जनाउँदै शिक्षाविद् प्रा।डा। विनय कुसियत सरकारले शिक्षामा बजेट २.५ गुणाले बढाउनुपर्ने बताए । उनले सरकारले अन्य भौतिक गतिविधिहरुमा लगानी गरे पनि गणस्तरीय र समतामूलक शिक्षाका लागि लगानी नगरेको दाबी गरे । यसका लागि संघीय सरकारले मात्र नभई स्थानीय सरकारले पनि शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले संविधानले व्यवस्था गरेको बाहेक कुनै पनि शिर्षकमा शुल्क लिन नपाइने बताए ।

‘निःशुल्क शिक्षा नियमावली २०७७ को प्रावधान अनुसार निःशुल्क भन्नाले विद्यार्थीलाई भर्ना हुन आए वापत, शिक्षा दिए वापत्, परीक्षा लिए वापत् र पाठ्यपुस्तकको नाममा विद्यालयले शुल्क लिन पाइन्नँ,’ उनले भने ।

उनले कानूनले निषेधित गरेका विषय बाहेकमा शुल्क लिन पाइन्नँ, तर विद्यालयले दिएका अतिरिक्त सेवाहरुमा सहयोगका रुपमा पैसा लिन पाइने बताए ।

विद्यालयलाई अन्य समाजसेवी, चन्दा दाताहरुले तथा अभिभावकहरुले दिने सहयोगलाई शुल्क भन्न मिल्दैन, तर स्थानीय सरकारले बनाएको कार्यविधि अनुसार मात्र सहयोग लिन पाइन्छ, शर्माले भने । तर विद्यालयका अनुसार सरकारले दिने अनुदान विद्यालय सञ्चालनलाई अपुग छ ।

नीलबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक जानुका पौडेल नेपालले विद्यालयका विविध विकासका समस्याका लागि अभिभावकसंग छलफल गरेरै सहयोग लिने गरेको बताइन् ।

उनको विद्यालयमा शिक्षक व्यवस्थापन, आवश्यक कर्मचारी, प्रशासन, लेखापाल कम्प्युटर ल्याब, तथा विद्यालय विकासका लागि सहयोग आवश्यकता भएको बताए ।

त्यस्तै, तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले पनि विद्यालय चलाउन पहिले शुल्क लिएको तर हाल विस्तारै निःशुल्क शिक्षा दिन थालेको बताए ।

शिक्षाविद् कार्कीका अनुसार नेपालमा निःशुल्क शिक्षाको परिभाषा राख्नु नै गलत छ । पहुँचयोग्य शिक्षाका लागि सबै तहका सरकारले शिक्षामा कति लगानी गर्ने भन्ने टुङगो लगाउनै पर्छ भने शिक्षकमा भर पर्ने हाम्रो शिक्षा प्रणाली हटाउनुपर्ने कार्कीले बताए । उनले सरकारले शिक्षाका लागि छुट्याउने कूल बजेटमा ८४ प्रतिशत बजेट शिक्षकमा खर्च हुने बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ०९ बजे

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध

प्रतिमाको प्रश्न- के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ ?

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकार देशमा रोजगारी सिर्जना

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई

‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार

काठमाडौं– प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’