महिलामा गर्भ खेर जाने समस्या र जोखिम | Khabarhub Khabarhub

महिलामा गर्भ खेर जाने समस्या र जोखिम

‘हेलचेक्राई गर्दा महिलाको ज्यानै जान सक्छ’



काठमाडौं – पटक–पटक गर्भ खेर जाने समस्याबाट हैरान धरानका एक दम्पत्ति उपचारका लागि काठमाडौंका धेरै अस्पताल धाए । तर, पैसा र समयको खर्च मात्रै हातमा लाग्यो, समस्या समाधान भएन ।

धरान फर्किन भन्दा अगाडी उनीहरु त्रिवि शिक्षण अस्पताल पुगे । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. सुनिता बज्राचर्यासँग भेटेर परीक्षण गर्दा श्रीमानको क्रोमोजोममा समस्या देखियो। जसले गर्दा बच्च बस्न नसकेको रैछ ।

यस्तो अवस्थामा बच्चाका लागि अन्य प्रविधि अपनाउनु पर्ने हुनसक्छ । पछिल्लो समय गर्भ खेर जाने समस्याले धेरै दम्पत्तीलाई सताउन थालेको देखिन्छ । तर, यो समस्या नयाँ होइन । अहिले मानिसहरु यो समस्याबारे खुलेर कुरा गर्न तथा अस्पताल जान थालेर समस्या बढेको बढेको जस्तो देखिन्छ ।

यस्तै समस्याको सिकार भए सल्यानका सामु कँडेल पनि काठमाडौंसम्म धाउनु पर्याे । ‘दश बर्षसम्म नि बच्चा बस्न नसकेपछि काठमाडौं आएको हौं,’ सामुले भनिन्, ‘अहिले मात्रै थाहा भयो सानो कमजोरीले यस्तो भएको रैछ, अब सबै राम्रो हुन्छ भन्ने लागेको छ ।’ त्यसैले समस्या हुने बित्तिकै चिकित्सकको परामर्स लिन पनि उनले आग्रह गरिन् ।

महिला तथा प्रजनन रोग विशेषज्ञ डा. सुनिता बज्राचार्यका अनुसार सामान्यतया गर्भ रहेको २० औ हप्ता अगाडीको अवस्थामा गर्भ खेर जान सक्छ । पहिलो तीन महिनामा विभिन्न कारणले हरेक महिलाको गर्भ खेर जाने सम्भावना रहन्छ । गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती थाहा नै नहुने हुन्छ । पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको पनि तथ्याङक पनि सार्वजानिक भएको छ ।

अस्पतालमा बच्चा खेर जाने समस्या लिएर धेरै जना आएका छन। कुनै रिलेटेड डिजिज प्रेसर, डाइबेटिज र क्रोमोजोनल एबनर्मल जस्ता कारणले बच्चा खेर गएको पाइन्छ ।

गर्भ खेर जादाँ देखा पर्ने लक्षण
अहिले महिनावारी नियमित हुने विवाहित र अविवाहित पनि गर्भवती भएर आएको पाइन्छ । कसैको कुनै महिनाको १ गते महिनावारी भयो तर अर्को महिनाको पनि १ गते हुनु पर्नेमा नभइकन ३, ४ दिन पर जाने गयो भने पिसाव जाँच गरिहाल्नु पर्छ ।

अस्पताल जानै पर्छ भन्ने छैन, औषधि पसलमा पनि किट पाइन्छ। पिसाव जाचँ गरेर गर्दा गर्भवती भएको थाहा पाउन साथ अस्पताल गइहाल्नु पर्छ। गर्भअवस्थाको पहिलो चरणमा के के सावधानी अपनाउनु पर्छ कुन कुन मेडिसिन लिनु पर्छ, भन्ने सबै कुराको जानकारी लिन सकिन्छ।

कुनै कुराकोइमर्जेन्सी पर्यो भने के गर्ने भनेर जानकारी दिनु हुन्छ। कहिलेकाहीँ रगत धेरै बगेर थाहा नपाएर गर्भवतीको ज्यानसमेत जाने गरेको छ। समयमै .ध्यान दियो भने बच्चा खेर जान बाट बच्न सकिन्छ।

सावधानी नअपनाउदाको जोखिम
कुनै महिला गर्भवती भएको पाँच, छ महिनासम्म पनि थाहा नपाउने हुन्छ। उनी हरुलाई समस्या नै हुँदैन। तर, सबै जना एउटै त हुँदैन, कसैलाई केही समस्या हुँदैन ।

पाठेघरमा समस्या भएर बच्चा खेर जाने मात्र होइन, कुनै महिलालाई ब्लड प्रेसर हाई भयो भने ज्यान जाने समेत जोखिम हुन्छ । कसैलाई मुटुको रोग पत्ता नलागेर पनि ज्यान जान सक्छ । पेट दुख्ने, रगत देखिने, टाउको दुख्ने समस्या देखियो भने अस्पताल गएर समयमै चेक जाँच गर्नु राम्रो हुन्छ।

गर्भ खेर गएपछिको उपचार
पहिले गर्भ के कारणले खेर गएको हो भनेर पत्ता लगाउने कोशिस गर्नुपर्छ। अर्को गर्भावस्थामा कुनै समस्या हुन नदिन सबै कुराको परीक्षण गर्नुपर्छ । बच्चा खेर गएपछि कहिलेकाहीँ सफा पनि गर्नु पर्ने हुन्छ। भने कहिले पर्दैन। गर्भवती भएको थाहा भए डाक्टरको सल्लाह अनुसार चेकजाचँ गर्नुपर्छ ।

पहिलो बच्चा खेर गएको छ भने दोस्रो पटक पनि खेर जाने सम्भावना रहन्छ । तर, पहिलो बच्चा के कारणले खेर गएको हो, भन्ने कुरामा भर पर्छ। त्यसैले महिनावारी रोकिन साथ चेक गराई हाल्नु पर्छ।

हामीले आजभोलि फोलिक एसिड भन्ने औषधि दिन्छौ, जसले पछि बच्चा एबनर्मल नहोस भनेर । कसैले बच्चा जन्माउने प्लान गर्यो भने ३ महिना अघि नैे फोलिक एसिड खानुपर्छ ।

समस्याबाट बच्न
गर्भवती भएको थाहा पाउने बित्तिकै चेकजाचँ गर्ने र आफू पनि सचेत हुनुपर्छ। गर्भवती हुँदा ग्राहो हुने, भारी हुने कुरा उठाउनु हुदैन ।

सके सम्म लामो यात्रा गर्नु हुँदैन । खानामा विशेष ध्यान दिनुपर्छ। तीन महिनासम्म शारीरिक सबन्ध राख्नु हुँदैन । साथै आफैले पनि आफनो विशेष ख्याल राख्नु पर्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०६ बजे

म्याग्दीमा नौ सय रोपनीमा खायन जातको बर्खे आलुखेती

गलेश्वर– म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा

गैँडाको खाग खरिदबिक्रीको आरोपमा छ जना पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली– व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

मंगलबारे– नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको