ओली-देउवा ‘डिबेट’, चुनावमा थ्रेट ! « Khabarhub

ओली-देउवा ‘डिबेट’, चुनावमा थ्रेट !

सार्वजनिक प्रश्न र जनताको माग नसुन्ने शीर्ष नेता


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चुनाव तातेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आह्वान गरेको विषय चर्चामा छ। तर यो यति धेरै चुनावी फण्डा हो, जसले एक अर्काको उछितो काढ्ने र आफू मात्रै अब्बल हुँ भन्ने ‘मूर्खता’ देखाउने गर्छ।

ओलीले भनेजस्तै नेपालमा चुनावको बेलामा प्रत्यक्ष बहस तथा छलफल अर्थात् ‘लाइभ डिबेट’ हुने गरेका छैनन्। तर चुनावको बेला आफ्नो प्रचार चाहने नेताहरु एक अर्कालाई लाइभ डिबेटमा आउन गरेको आह्वान अन्यथा होइन। तर नेताहरु सार्वजनिक प्रश्न र जनताको आवश्यकता सम्बोधनमा निरन्तर चुकिरहेका बेला लाइभ डिबेटबाट त्यस्तो के उत्तर आउँछ ? जसको जवाफ छैन।

पछिल्लो झण्डै दुई दशक नेपाली राजनीतिमा अहिलेकै पात्रहरु हावी छन्। जसको नाम हो, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड। तीनै जना पात्रहरु न कहिल्यै एक अर्कासँग बहस गर्छन्, न कुनै छलफल र त्यस किसिमको सार्वजनिक मन्थन नै।

केवल सत्ताका लागि रातारात मिल्ने नेताहरु आफ्नो स्वार्थ पूरा नहुँदा रातारात बानी बाराबारको अवस्थामा पुग्छन्। अनि आफ्नै बोलीको ठेगान नहुने नेताहरु अरुलाई भर पार्छन्। तर कहिल्यै पनि आफ्नो बोली र विश्वास पूरा गर्दैनन्।

देश विदेशी संघ संस्था तथा दातासँग विकासका लागि बजेट लिन्छन्। तर त्यो सही ठाउँमा खर्च गर्न सक्दैनन्। हरेक क्षेत्रमा चुनावी भाषण हुन्छ। तर व्यवहारमा त्यो लागू हुँदैन। नेताहरु चुनावको बेला गाउँ पस्छन्। अघिपछि सहरबाट निस्कँदैनन्। यति भद्रगोल अवस्थामा नेताहरुको व्यवस्थापनले नागरिकलाई दिक्दारी मात्रै बनाएको छ। अरु कुनै पनि उपलब्धि हासिल भएको छैन।

अहिले देउवालाई लाइभ डिबेट आह्वान गर्ने ओली तिनै नेता हुन्, जसले एक समय पाँच वर्षका लागि स्थायी सरकार चलाउने बेलामा संसद् विघटन गरेर संविधान कुल्चेका थिए। अनि आफैँले जनताको सार्वभौम सत्तामाथि खेलबाड गरेका थिए।

प्रधानमन्त्रीको शक्तिमा राष्ट्रपति कार्यालयलाई पनि दुरुपयोग गरेका थिए। जसले संसद् विघटन जस्तो संसदीय अपराध गरे। उनै आज चुनावका लागि मैदानमा छन्। चुनावी दौडधुपमा उनले आफूलाई जित्नका लागि अनेक चुनावी फण्डा सिर्जना गरिरहेका छन्। जसले गर्दा आफ्नो चर्चा होस् र नागरिकलाई फेरि एकपटक झुक्क्याउन पाइयोस् भन्ने चाहना छ।

त्यसैले चुनावका लागि प्रत्यक्ष हुने बहस नेताहरुका लागि थ्रेट हो। सिधा थ्रेट हो। नेताहरु विगतमा आफूले गरेको भ्रष्टाचारबारे कुनै पनि चर्चा र बहस गर्न चाहँदैनन्। कुनै पनि विषय बाहिर स्पष्टसँग बोल्न सक्दैनन्। केवल एक अर्कालाई उनीहरु हिर्काउन चाहन्छन्। एक अर्कालाई उनीहरु लखेट्न चाहन्छन्।

नेताहरुप्रति सहिष्णु हुन नसक्ने नेताहरु केवल चुनावमा बढी भन्दा बढी आफ्नो मुख चलाउन चाहन्छन्। यसरी कसरी विकास हुन सक्छ ? कसरी देशको भलो हुन सक्छ ? कसरी नेपालको गरिबी हटेर समृद्धि आउन सक्छ ?

सार्वजनिक रुपमा चुनावी बहस प्रत्यक्ष रुपमा गर्न नेताहरु तयार नहुनुको कारण उनीहरु एक अर्काको कुरा काटेर केवल मतदातालाई भ्रममा पार्न चाहन्छन्। यो राम्रो क्षण होइन। यसैले चुनावी सभालाई केवल फण्डाका रुपमा प्रयोग गर्न रुचाउने नेताहरु अब वास्तविकतामा आउन सक्नुपर्छ। एकले अर्कोलाई चुनावी बहसका लागि निम्तो गर्दा नेताहरुले नै त्यो सफल पार्न सक्ने हिम्मत गर्नुपर्छ।

केवल चुनावी सभा प्रचारको थलो बनाउनेभन्दा पनि यसलाई समयानुकूल प्रयोग गर्नतर्फ केन्द्रित हुनुपर्छ। अनि मात्रै केही विकास र परिवर्तन आउन सक्छ। अन्यथा ओली–देउवाको चुनावी ‘लाइभ डिबेट’ उनीहरुकै लागि थ्रेट मात्रै हो। र, त्यो थ्रेटले उनीहरुकै अहिलेसम्मको राजनीतिक खेल हातमा राखिदिन सक्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : २८ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा