रेडक्रसलाई नगरपालिकाद्वारा एम्बुलेन्स सहयोग « Khabarhub

रेडक्रसलाई नगरपालिकाद्वारा एम्बुलेन्स सहयोग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो ।

 नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताउँदै विपत्‌मा परेका तथा बिरामीलाई सहजरूपमा अस्पतालसम्म पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको बताए ।

रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रस र नगरपालिकाको साझेदारीमा खरिद गरिएको एम्बुलेन्सले दुर्गममा बसोबास गर्ने नागरिकलाई स्वास्थ्योपचारमा सहज सेवा दिने बताए ।

गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रसलाई एक एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो । पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालनमा ल्याएको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ३१ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा