भारतीय सेनाको उत्तरी कमाण्डले पायो कल्याणी एम ४ बख्तरबन्द गाडी « Khabarhub

भारतीय सेनाको उत्तरी कमाण्डले पायो कल्याणी एम ४ बख्तरबन्द गाडी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाको उत्तरी कमाण्डलाई कल्याणी एम ४ बख्तरबन्द गाडी प्रदान गरिएको छ । जम्मु कश्मीरमा तैनाथ भारतीय सेनाको उत्तरी कमाण्डलाई कल्याणी एम ४ बख्तरबन्द गाडी प्रदान गरिएको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

भारतमै निर्मित यस बख्तरबन्द गाडीले सबै किसिमको भूभागमा कार्य गर्न सक्ने जनाइएको छ ।

यसमा धरापको विष्फोटबाट जोगिन सक्ने क्षमता रहेको एवम् यसले ५० किलो आईइडी र १० किलो टीएनटीको विष्फोटसम्म थेग्न सक्ने इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतको कल्याणी समूहले भारतमा नै निर्माण गरेको यो बख्तरबन्द गाडीलाई सेनामा प्रवेश गराउनुअघि लद्दाखमा परीक्षण गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ४० बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड