फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला « Khabarhub

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । 

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए । 

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरगहना र नगद छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५०  लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : २९ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा