दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिर स्थापना « Khabarhub

दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिर स्थापना


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त रअरब इमिरेट्सको दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिरको स्थापना गरिएको छ । दुबईको जेबेल अली क्षेत्रमा हिन्दू धर्मावलम्बीको मन्दिर स्थापना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त मन्दिरमा १६ देवीदेवताको प्रतिमासहित विभिन्न कार्यक्रम एवम् समारोह आयोजना गर्नका लागि सामुदायिक केन्द्रको पनि स्थापना गरिएको छ ।

दुबईका सहिष्णुमन्त्री शेख नहयान बिन मुबारक अल नहयानले केही दिनअघिमात्रै उक्त मन्दिरको उद्घाटन गरेको जनाइएको छ ।

उक्त मन्दिरको कोषका अध्यक्ष राजु श्रोफले दुबईका हिन्दूहरुलाई घरकै आभाष होस् भन्ने उद्देश्यले मन्दिरको निर्माण गरिएको हो ।

उक्त मन्दिरलाई पूजाआजाको स्थलसँगै सामुदायिक एवम् साँस्कृतिक पहुँच कार्यक्रमको आधारशीलाको रुपमा पनि हेरिएको उक्त मन्दिरको व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रोफलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ५६ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा