सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिँड्ने मध्यप्रदेशका उर्जामन्त्रीको घोषणा « Khabarhub

सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिँड्ने मध्यप्रदेशका उर्जामन्त्रीको घोषणा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रद्युम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त बाचा गरेका हुन् । उनले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् ।

निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि मन्त्री तोमरले उनीहरूको दुःखले आफूलाई पीडाबोध भएको बताएका थिए ।

उनले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसकेको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए । तर, सडक निर्माण धेरै टाढाको कुरा त्यहाँ खाल्डाखुल्डी समेत पुरिएका छैनन् ।

यो भ्रमणका क्रममा तोमरले जनतासँग हात जोडेर माफी माग्दै सुधारको सङ्कल्पसमेत गरेका छन् ।

उनले भने,“जबसम्म ग्वालियर विधानसभा निर्वाचन क्षेत्रको सडकको अवस्था सुधार हुँदैन, तबसम्म म चप्पल र जुत्ता लगाउने छैन । म खाली खुट्टा बस्नेछु ।”

उनले थपे, “खाली खुट्टा हिँड्दा गिट्टी र खराब सडकको पीडा महसुस हुन्छ भन्ने मेरो विश्वास छ । जनताको पीडाको मैले आफैले पनि अनुभव गर्नेछु ।”

सडक निगमका अधिकारीहरूलाई निर्देशन दिँदै उनीहरूलाई चाँडै सडकहरू ठीक गर्न भनिएको छ । लापरवाही गर्ने अधिकारी र कर्मचारीलाई कारवाही गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १८ बजे

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर

हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र

तेहरान- इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा