सम्पत्ति शुद्धीकरण अभियोगमा बंगलादेशमा एक चिनियाँसहित ५ जना पक्राउ « Khabarhub

सम्पत्ति शुद्धीकरण अभियोगमा बंगलादेशमा एक चिनियाँसहित ५ जना पक्राउ


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ मोबाइल एपमार्फत् समाजमा अश्लीलता बढाएर कमाएको पैसा विदेश लैजान खोजेको भन्दै बंगलादेशमा एक चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका छन् ।

बंगलादेशको डेली सङ्ग्राम अखबारका अनुसार चिनियाँ मोबाइल एप बिगो बाङ्लाका चिनियाँ प्रबन्ध निर्देशक सहित ५ जना पक्राउ परेका हुन् । उक्त एपमार्फत् अश्लील सामग्री प्रसारण हुने गरेको बताइएको छ ।

बंगलादेशको अपराधि अनुसन्धान विभाग सीआईडीका अनुसार बिगो बाङ्ला एपका प्रबन्ध निर्देशक याओ जेसहित ५ जनामाथि सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ ।

उनले बंगलादेशबाट ७९ करोड टाका विदेशतर्फ लगेको आभियोग लागेको उक्त अखबारले जनाएको छ ।

उनीबाहेक बिगो बाङ्लामा काम गर्ने नजिमुल हक, आरिफ होसैन र मनसुन होल्डिङ नामक कम्पनीलाई पनि यस मुद्दामा विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ४८ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको